जहदा गाउँपालिका, २०७७-०२-२७
मोरङको जहदा गाउँपालिका पनि कोरोना बाट अछुटो रहेन। जहदामा आज मात्र एक जनामा कोरोना पुष्टि भएको छ। जहदा वडा न. ७ का एक जना अन्दाजी ४० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।एक हप्ता अगाडी भारत को मथुराबाट आई दुर्गा माध्यमिक विद्यालय ,जहदा -५ लक्ष्मीनियाको क्वारेन्टाइनमा बसेका थिए। चिनी रोग भएका कारणले पनि उहाँको पिसिआर टेस्ट छिटै गरिएको मझारे स्वास्थ्य चौकीका प्रमुख रिपु डोटेल ज्युले बताउनुभयो।
मिति २०७७ साल ज्येष्ठ २५ गते जहदा स्वास्थ्य शाखाले पच्चीस जनाको स्वाव संकलन गरेको थियो। उक्त स्वाब संकलन गरि पीसीआर टेस्ट परिक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाएका थिए। २५ जना मध्ये २४ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट पोजिटिभ आएको जहदा स्वास्थ्य शाखा अधिकृत राजकुमार दास ज्युले हामीलाई जानकारी दिए।