१५ आश्विन २०७९, शनिबार
English Nepali

Laxminiya Youth Club

विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण पछि उनमा संक्रमण भएको पत्ता लागेको थियो । संक्रमित युवती केही दिनअघि भारतबाट आएकी हुन् र उनी विराटनगर महानगरको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

कोरोना रिपोर्ट पोजेटिभ आए संगै ती युवतीलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पठाएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । भारतबाट आउने महानगरवासीहरुलाई थप निगरानीका साथ क्वारेन्टाइनमा राखिएको साथै परिक्षणलाई प्रभावकारीरुपमा सञ्चालन गरिदै आएको मेयर पराजुलीले बताए ।

Source: Zen1 news Biratnagar

Contact Us

    • Laxminiya Yuwa Club (LYC)

Head Office : Jahada5, Majhare, Morang

Suscribe Us

MAP